आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्तरीमा राजपा- फोरम बलियो, काँग्रेस पनि मिले वाम गठबन्धनलाई अफ्ठ्यारो

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४



  • महोत्तरीमा यसअघि ६ वटा निर्वाचन क्षेत्र थिए। २०७० सालको निर्वाचनमा काँग्रेसले ३ र एमालेले २ क्षेत्र जितेको थियो भने माओवादीले १ क्षेत्र जितेको थियो।

    एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। २०६४ सालको निर्वाचनमा भने १ क्षेत्र माओवादी विजयी भएको थियो अरु सबै ५ क्षेत्रमा मधेशवादी दलहरूले विजय हासिल गरेका थिए।

    यस पटक महोत्तरीमा ४ वटा निर्वाचन क्षेत्र कायम भएका छन्। एमाले र माओवादी पार्टीले वाम गठबन्धन गरेर संयुक्त रुपमा चुनाव लड्दैछन्। दुई प्रमुख मधेसी पार्टी राजपा र फोरमले पनि गठबन्धन गर्ने निर्णय गरिसकेका छन्। काँग्रेसले राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास जारी राखेको छ।

    यसपालिको स्थानीय चुनावको परिणाम हेर्ने हो भने महोत्तरीमा मधेशवादी दल र काँग्रेसनै बलिया देखिएका छन्। यदि काँग्रेस-फोरमले चुनावी तालमेल गरे भने महोत्तरीमा वाम गठबन्धनलाई गाह्रो  पर्ने देखिन्छ।

    स्थानीय तहको निर्वाचनमा महोत्तरीका वडाहरूमा दलहरूले पाएको मतलाई आधार मान्ने हो संघीय समाजवादी फोरम र राजपा सबैभन्दा अगाडि देखिएका छन्।

    महोत्तरी क्षेत्र नं १ मा भने माओवादी केन्द्र सबैभन्दा बलियो देखिएको छ।

    बर्दिबास नगरपालिका, गौशाला नगरपालिका लगायतका स्थानीय तहहरू पर्ने पछिल्ला दुवै संविधान सभामा माओवादी नेता गिरीराजमणी पोख्रेल विजयी भएको यो क्षेत्रका वडाहरूमा माओवादी केन्द्रले १६ हजार ५ सय ५३ मत पाएको छ।

    दोश्रोमा स्थानमा रहेको काँग्रेसले १२ हजार ६ सय ६३ मत रहेको छ। यहाँ राजपाको ८ हजार २ सय ४०, एमालेको ७ हजार ८ सय १३ मत र फोरमको ३ हजार ५ सय ८५ मत रहेको छ। राप्रपा र लोकतान्त्रिक फोरमले यहाँ ५ सय मत पनि कटाउन सकेका छैनन्।

    यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनको मत जोड्ने हो भने २४ हजार ३ सय ६६ मत हुन्छ ।

    स्थानीय चुनावको मत परिणामलाई हेर्दा काँग्रेस-राजपा-फोरम बीच चुनावी तालमेल भयो भने महोत्तरीका तीन क्षेत्र यो गठबन्धनका पक्षमा जाने ठूलो सम्भावना छ भने निर्वाचन क्षेत्र नम्वर १ मा वाम गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ।

    यहाँ राजपा–फोरमको र काँग्रेसले पाएको मत जोड्ने हो भने २४ हजार ४ सय ८८ मत पुग्छ।

    अर्थात वाम गठबन्धन र काँग्रेस गठबन्धन ‘नेक-टु-नेक’ हुनेछन्।

    महोत्तरी क्षेत्र नं २ मा राजपा अगाडि रहेको छ। राजपाको यहाँ ९ हजार ६ सय ३२ मत छ भने दोश्रोमा रहेको काँग्रेसको ८ हजार ५ सय ७९ मत रहेको छ। तेश्रोमा रहेको माओवादी केन्द्रको ५ हजार ३ सय ९५ मत रहेको  छ। फोरमको ४ हजार ६ सय ९२ मत र एमालेको २ हजार ४ सय ४९ मत रहेको छ।

    काँग्रेससँग पार्टी एकता गरिसकेको लोकतान्त्रिक फोरमको १ हजार ७ सय ८ मत रहेको छ।

    राजपा–फोरमको मात्रै मत जोड्दा पनि उनीहरूको मत १४ हजार ३ सय २४ हुन्छ। काँग्रेस समेत यो गठबन्धनमा थपियो भने २४ हजार ६ सय ११ मत हुन्छ।

    बलवा नगरपालिका,महोत्तरी गाउँपालिका लगायतका स्थानीय तहहरू रहेको यो क्षेत्रमा एमाले–माओवादी भने यो क्षेत्रमा निकै कमजोर  देखिएका छन् । उनीहरूको मत जम्मा ७ हजार ८ सय ४४ मात्रै हुन्छ ।

    महोत्तरी क्षेत्र नं ३ मा पनि राजपाकै मत धेरै हुन्छ। राजपाले यो क्षेत्रका वडाहरूमा १० हजार ७ सय ३२ मत पाएको छ। दोस्रोमा रहेको काँग्रेसले ७ हजार ८ सय ५७ मत ल्याएको छ।

    माओवादी केन्द्रको ६ हजार २४ मत छ भने संघीय समाजवादी फोरमको ५ हजार ५ सय ६९ मत रहेको छ । एमालेको ५ हजार ४ सय ४८ र लोकतान्त्रिक फोरमको ३ हजार २ सय ३१ मत रहेको छ।

    यस क्षेत्रमा जलेश्वर नगरापलिका, मटिहानी नगरपालिका लगायतका स्थानीय तहहरू पर्छन् ।

    राजपा–फोरमको मत जोड्दा यो क्षेत्रमा १६ हजार ३ सय १ हुन्छ । राजपा-फोरम गठबन्धन एक्लै यो क्षेत्रमा एमाले-माओवादी वा काँग्रेसभन्दा बलियो छ। यो मतमा काँग्रेस र लोकतान्त्रिक फोरम समेतको मत जोड्ने हो भने २७ हजार ३ सय ८९ मत हुन्छ। एमाले–माओवादीको मत ११ हजार ४ सय ७२  हुन्छ।

    यो पनि हेर्नुहोस्:

     प्रत्यक्षमा चुनाव लड्न मानेनन् मुमाराम

    महोत्तरी क्षेत्र नं ४ का स्थानीय तहका वडाहरूको मत जोड्ने हो भने काँग्रेस सबैभन्दा अगाडि छ। रामगोपालपुर नगरपालिका,सोनमा गाउँपालिका लगायतका स्थानीय तह पर्ने यो क्षेत्रमा काँग्रेसले १२ हजार ७ सय ९ मत ल्याएको थियो । संघीय समाजवादी फोरमले ८ हजार ८ सय ६० मत, माओवादी केन्द्रले ८ हजार ३ सय ७९ मत पाएको छ । राजपाको ८ हजार १ सय ९० मत र एमालेको ५ हजार ४ सय ६ मत रहेको छ ।

    काँग्रेस अगाडि रहेपनि राजपा–फोरमको मत जोड्दा यो गठबन्धनका पक्षमा उनीहरूको मत १७ हजार ५० हुन पुग्छ । काँग्रेसको मत पनि थपियो भने २९ हजार ७ सय ५९  हुन्छ।

    एमाले र माओवादीको भने १३ हजार ७ सय ८५ मत रहेको छ।

    यसरी स्थानीय चुनावको मत परिणामलाई हेर्दा काँग्रेस-राजपा-फोरम बीच चुनावी तालमेल भयो भने महोत्तरीका तीन क्षेत्र यो गठबन्धनका पक्षमा जाने ठूलो सम्भावना छ भने निर्वाचन क्षेत्र नम्वर १ मा वाम गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij