आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फोरम र राजपाबीच प्रदेश नम्बर २ मा सिट बाँडफाँटको अनौपचारिक सहमति

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ७, २०७४



  • संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँटको अनौपचारिक सहमति भएको छ।

    दुई पार्टीबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको पनि राजपाका एक नेताले सेतोपाटीलाई जानकारी दिए। ती नेताका अनुसार २ नम्बर प्रदेशका ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा फोरमलाई १७ र राजपालाई १५ सिट दिने सहमति भएको छ। त्यस्तै ६४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि फोरमलाई ३३ र राजपालाई ३१ सिट दिने सहमति भएको छ ।

    स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मतका आधारमा क्षेत्र बाँडफाँट गर्ने सहमति भएको स्रोतले जनाएको छ।

    फोरम–राजपाले कांग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेका छन्। त्यो अवस्थामा निर्वाचन क्षेत्र घट्ने राजपा स्रोतको भनाइ छ। फोरम र राजपाबीच सहमति भएपछि मात्रै कांग्रेससँग छलफल गर्ने दुई पार्टीको तयारी छ। दुई पार्टीबीच छलफल चलिरहेकोले कांग्रेससँग छलफल अघि नबढेको राजपा अध्यक्ष मण्डलका महेन्द्र राय यादवले सेतोपाटीलाई बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij