आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोलखामा १४ दल चुनावी प्रतिस्पर्धामा, साना दलको उम्मेदवारीले निर्वाचन रोचक

  • प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०७४



  • दोलखा, कात्तिक ११ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बहुसंख्यक साना दलको उम्मेदवारीले दोलखा जिल्लाको चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ ।

    सामान्य अवस्थामा कुनै राजनीतिक अस्तित्वमा नरहेका पार्टी समेतले ३ वटै पदमा उम्मेदवारी दिएपछि माहोल रोमाञ्चक बन्ने देखिएको हो ।

    दोलखामा नेपाली काँग्रेस र बामगठबन्धन सहित १४ दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिनिधी सभाका लागि एक क्षेत्र र २ वटा प्रदेश सभाको क्षेत्र रहेको दोलखामा विभिन्न दलका २६ जना र स्वतन्त्र १२ जना गरी जम्मा ३८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    ठूला दलहरुको भ्रष्टाचारी र तानाशाह प्रवृत्ति विरुद्ध उम्मेदवारी दिएको साना दलहरु बताउँछन ।

    दोलखामा प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङ रहेका छन् भने कांग्रेसबाट रुद्रबहहादुर खड्काको उम्मेदवारी परेको छ ।

    प्रदेश सभातर्पm क्षेत्र नम्बर ‘क’ बाट बाम गठबन्धनबाट माओबादी केन्द्रका बिशाल खड्काको उम्मेदवारी परेको छ भने कांग्रसबाट बर्मा लामा चुनावी मैदानमा छन् ।

    यस्तै प्रदेश सभा ‘ख’ मा बाम गठबन्धनबाट एमालेका पशुपति चौलागाई र कांग्रेसबाट केशबराज चौलागाई उठाएको छ ।

    दोलखामा १ लाख ४६ हजार ९ सय २३ जना मतदाता रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij