प्रकाशित मिति : आइतवार, कार्तिक १९, २०७४
दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेतृ कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। पार्टीले टिकट नदिएपछि रूष्ट भएर आधिकारिक उम्मेद्वारमाथि बागी उम्मेद्वारी दिएकी वलीले आइतवार उम्मेदवारी फिर्ता लिएकी हुन्।
दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा अनुसार उनले आफूले उम्मेद्वारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्ने बताएकी छन्। केन्द्रीय स्तरका नेताहरूको सल्लाहका आधारमा उनले उम्मेद्वारी फिर्ता लिएकी हुन्।
केन्द्रबाट समेत एमालेका शीर्ष नेतादेखि कांग्रेस माओवादीका नेताहरू तथा विभिन्न सेलिव्रेटी कलाकारले समेत फोन गरेर कसैले फिर्ता लिन सुझाव दिएका थिए।
उनले चुनावका निकै खर्च हुने भएकोले पर्याप्त पैसा आफूसँग नरहेको भन्दै आफू अब आफ्ना उम्मेद्वारलाई सघाउने बताईन्।
यसैबीच नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद कुवेर वलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रकै निर्वाचन क्षेत्र नं. ३ (क) का उमेदवार जगप्रशाद शर्मा (अपार)का विरुद्ध उनले बागी उम्मेदवारी दिएका थिए।
वलीलाई उम्मेदवारी फिर्ता लिन आग्रहसहित कृष्णबहादुर महरा, शंकर पोख्रेल लगायत नेताहरूले आग्रह गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij