आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनकुटामा मन्त्री सुनिल थापा र गठबन्धनका राजेन्द्र राईको एजेन्डा उस्तै, टक्कर कडा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २०, २०७४



  • धनकुटा, कात्तिक २० । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै धनकुटामा चुनावी सरगर्मी बढेको छ ।

    दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु धनकुटालाई प्रदेशको राजधानीसँगै विकास, समृद्धि, सुशासनका मुद्दा लिएर आ–आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागि परेका छन् ।

    मतदाताहरु भने योग्य र सक्षम उम्मेद्वारको खोजीमा लागेका छन् ।

    मंसिर २१ को प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि धनकुटामा ११ दलवाट २१ उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

    प्रतिनिधि सभा अन्र्तगत एक र प्रदेश सभा अन्तर्गत दुई निर्बाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा सात दलले मनोनयन दर्ता गराएका छन् ।

    धनकुटामा बाम गठबन्धनका तर्फवाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनको तर्फवाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग मन्त्री सुनिल बहादुर थापा छन् ।

    त्यस्तै मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा राष्ट्रवादी, नेमकीपा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च धनकुटाबाट प्रतिनिधि सभाको लागि मैदानमा उत्रिएका छन् ।

    बाम गठबन्धनको तर्फवाट मैनादमा उत्रिएका एमाले उम्मेद्वार राजेन्द्र राई पूर्वाधार ब्यबस्थापन, उन्नत कृषि, कृषिमा आधारित उद्योगको विकास, रोजगारी, सुलभ र गुणस्तरिय शिक्षा तथा स्वाथ्योपचार साथै धनकुटालाई प्रदेश नम्वर एकको राजधानी बनाउने आफ्ना मुख्य एजेण्डा रहेको रहेको बताउँछन् ।

    यता लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपा प्रजातान्त्रिकका उमेद्वार सुनिल थापा अघिल्लो निर्बाचनमा आफुले गरेका बाचा पुरा गरेको र अवको आफ्नो उमेद्वारी धनकुटालाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध धनकुटाको लागि भएको बताउँछन् ।

    धनकुटेली जनता भने अब जित्ने उमेद्वारले विकास, रोजगार, शिक्षा, स्वास्थ्यका साथै धनकुटाको बिकासको लागि लाग्ने पर्ने बताउँछन् ।

    मुखैमा आएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट चुनिने जनप्रतिनिधि मार्फत धनकुटाको विकासले गतिलिने आसा स्थानीयको छ ।

    त्यसैले त दल विशेषबाट प्रभावित नभइ विकास र समृद्धिका योजना सबै माझ पस्कन सक्ने प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ गरी कुल तीन सक्षम ब्यक्ति छान्न १ लाख ५ हजार १ सय ८८ धनकुटेलि मतदाता प्रतिक्षारत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij