शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मेसीले भने- रोनाल्डो सकिए, अब फर्ममा आउन सक्दैनन्

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०७४



  • बार्सिलोनाका स्टार लिओनेल मेसीले आफ्नो तुलना अब रोनाल्डोसँग नहुने बताएका छन्। लिगका सुरूका चार खेल प्रतिबन्धका कारण गुमाएका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन्। यता यो सिजन निकै फर्ममा देखिएका मेसीले अहिलेसम्म १२ गोल गरिसकेका छन्।

    यसैबीच स्पेनिस वेब साइटले मेसीले रोनाल्डो अब आफ्नो पुरानो जादुयी फर्ममा फर्किन नसक्ने दाबी गरेको छ। समाचारमा जनाइए अनुसार मेसीले रोनाल्डोका दिन अब सकिएको भन्दै फर्ममा फर्कन नसक्ने र आफ्नो लागि उनी भयंकर प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।

    रोनाल्डोले गएको महिना मेस्सीलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर १६ गोल गरेका छन् भने रोनाल्डोले ८ गोल गरेका छन्।

    मेसीको अहिलेसम्म बार्सिलोनाबाट ६ सय खेल खेलिसकेका छन्। यो सँगै क्लबबाट सर्बाधिक खेल खेल्ने मेसी तेस्रो नम्बरमा परेका छन्।

    उनीअघि पूर्व सहकर्मी जाभी हेर्नान्डेज (७६७) र हालका कप्तान आन्द्रेस इन्सिटा (६४२) ले क्लबबाट हालसम्म सर्बाधिक खेल खेलेका छन्।

    सन् २००४ मा एस्पानोलसँगको खेलमा बार्सिलोनाबाट डेब्यू गरेका मेसीले यो साता सेभिल्लासँग खेलेसँगै क्लबबाट ६ सय क्याप जितेका उनले ५२३ गोल गरेका छन्।

    पाँच पटकक बालोन डि’ ओर विजेता मेसीले बार्सिलोनाबाट ६ सय खेल खेल्दा ४२६ खेलमा जित हात पारेका छन् भने ६९ खेलमा मात्रै पराजय भोग्नु परेको छ।

    बार्सिलोनाबाट मेस्सीले ३० उपाधि जितेका छन्। जसमा ८ लालिगा तथा चार च्याम्पियन्स लिग ट्रफी संलग्न छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij