आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनगढीमा ३ करोडको घर किन्दै आरजु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४



  • कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन्।

    बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरू गरिसकेकी छिन्।

    उनले धनगढी ४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन्।

    बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिईन्। कुरो मिलेमा घर किन्ने तयारीमा रहेको बताइन्। ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन्।  पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्को नारा नगाएपछि मतदातालाई भड्किन नदिँन उनले धनगढीमा  घर किन्ने निर्णय गरेकी हुन्। ‘म २५ वर्षदेखि यहाँ आइरहेको छु। म कसरी पर्यटक भएँ, नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन्।

    हसनपुरलगायत केही ठाउँमा किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । शारदा हमालको सुविधासम्पन्न घर मन परेपछि किन्ने निधो गरेको उनका निकट एक कार्यकर्ताले बताए । ३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्गफिटमा यो घर रहेको छ । अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । ३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् ।

    यसअघि पत्रकार सम्मेलनमा तपाईंलाई पर्यटक उम्मेदवार भन्ने आरोप छ भनी सोधेको प्रश्नको जबाफमा उनले चुनाव जितेर यहीं बस्ने र त्यसका लागि घर किन्ने बताएकी थिइन् । वाम गठबन्धनका तर्फबाट एमालेका युवा नेता नारदमुनि राना छन् । गत स्थानीय तहको निर्वाचनको मतका आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत करिब साढे चार हजार बढी छ । नतिजा आफ्नो पोल्टामा पार्न दुवै पक्षका उम्मेदवार सक्रिय छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij