मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

‘नेयमारले छोड्दै छन् भन्ने मलाई थाहा थिएन’- मेस्सी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०७४



  • ब्राजिलियन फरवार्ड तथा सहकर्मी नेयमार यही सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) जान्छन् भन्नेबारे मेसीलाई अन्तिम समयसम्म थाहा नभएको बताउँछन् ।

    यसअघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेसीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेसी स्वयम् भने सो निर्णयबाट अनवगत रहेको बताउँछन्, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।

    ‘वास्तवमै भन्नुपर्दा नेयमारको निर्णयबारे मलाई केही जानकारी थिएन। अमेरिकाको भ्रमणका बेला उनले मलाई आफू दोधारमा रहेको मात्र बताएका थिए । तर पछि अन्य साथीहरुबाट थाहा पाउँदा उनले पहिल्यै निर्णय लिइसकेका रहेछन्,’ मेस्सीले इएसपिएनसँगको अन्तर्वातामा भनेका छन्।

    त्यस्तै  अर्का सहकर्मी लुइस स्वारेजले पनि नेयमारलाई नछोड्न आग्रह गरेको बताएका छन्। ‘मैले नेयमारलाई नजाऊ भनिनँ तर बार्सिलोना नछोडेको राम्रो भनेर पटक-पटक सम्झाएँको थिएँ,’ स्वारेजले भनेका छन्। स्थापित भइसकेको मित्रताका कारण नेयमारले छोडेर जाँदा दु:ख लागेको समेत स्वारेजले बताए।

    तर ठूलो रकममा नेयमार पिएसजी आएयता निकै राम्रो लयमा देखिएका छन्। फेन्च क्लब पिएसजीका लिगको शीर्ष स्थानमा छ। उनले क्लबका लागि ७ गोल पनि गरिसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij