आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डडेल्धुरामा चुनावी चहल-पहल तिब्र, प्रचार सामाग्रीले झिलिमिली

  • प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४



  • डडेल्धुरा, कात्तिक २६ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ को डडेल्धुरामा चुनावी चहल–पहल तिब्र रुपमा अघि बढेको छ ।

    छैठौं पटक उम्मेवारी दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकामलगायत ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।

    डडेल्धुरामा राजनीतिक दलहरुले प्रचारप्रसार तिव्र पारेसँगै निर्वाचन प्रचार सामग्रीले गाउँ÷शहर सबै झिलिमिली हुन थालेका छन् ।

    बाम गठबन्धन र नेपाली काँग्रेसले गाउँ र नगरस्तरीय चुनावी भेटघाट तथा सभा गर्न थालेका छन् ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांंग्रेस, वाम गठबन्धन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय दलित मुक्ति पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij