प्रकाशित मिति : मङ्लबार, कार्तिक २८, २०७४
मधु पौडेल , बाँके । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेर बहादुर देउवा आज नेपालगञ्ज जादै हुनुहुन्छ । पश्चिम नेपालका विभिन्न कार्यक्रममा भाग लिन कांग्रेस सभापति देउवा नेपालगञ्ज जानु हुने भएको छ ।
नेपालगञ्जबाटै विभिन्न कार्यक्रम शुरु हुँदैछन् । प्रधानमन्त्री देउवाले आज क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गर्नु हुने छ । सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल पनि गर्नुहुनेछ । सभापति देउवाले दिउसो १ बजे पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्यकर्तालाई सम्वोधन गर्नु हुने छ ।
प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुहुने प्रचार विभाग प्रमुख कपीलदेव शर्माले जानकारी दिनु भयो । आज रात नेपालगञ्जमै बसेर प्रधानमन्त्री देउवा भोली मात्र धनगढी पुग्ने कार्यक्रम रहेको छ । पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नुका साथै प्रधानमन्त्री देउवाले अन्य पार्टीका नेता, कार्यकर्तासँग सम्वाद गर्नुहुने छ ।
यस अघि नेपाली काँग्रेसले हिजो क्षेत्रीय स्तरको मिडिया सेन्टर नेपालगन्जमा सञ्चालनमा ल्याएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij