आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्लाहीका तीनवटा गाउँपालिकाका शिक्षकले तलब पाएनन्, पठनपाठन ठप्प

  • प्रकाशित मिति : बुधबार, कार्तिक २९, २०७४



  • सर्लाही, कात्तिक २९ । सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालयको पठनपाठन ठप्प भएको छ ।

    कौडेना, बसबरिया र पर्सा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकले तलव नपाएको भन्दै धर्ना दिन सदरमुकाम मलंगवा गएपछि पठनपाठन ठप्प भएको हो ।

    सरकारले पछिल्लो पटक थप गरेका यी तीन गाउँपालिकामा पर्ने विद्यालयका शिक्षकले साउनदेखिको तलव पाउन सकेका छैनन् ।

    जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा समयमै विवरण उपलब्ध नगराउँदा आफूहरु तलब पाउनबाट बञ्चित भएको भन्दै शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

    आजदेखि तीनवटै स्थानीय तहमा धर्ना दिने कार्यक्रम राखेको आन्दोलित शिक्षकहरुको संघर्ष समितिका संयोजक रामबाबु साहले जानकारी दिए ।

    तलब माग गर्दै हातमा काटो पट्टी बाँधेर अध्यापन गराउने, स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने जस्ता कार्यक्रम गर्दा बेवास्ता गरिएको भन्दै शिक्षकहरु पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएका हुन् ।

    महिनौंसम्म तलब नपाउँदा घर व्यवहार धान्न मुस्किल पर्न थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij