प्रकाशित मिति : शनिबार, मंसिर २, २०७४

मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने हुम्लामा विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिंदै मत मागिरहेका बेला मतदाताले भने विकासवादी सोच भएकालाई मात्र मतदान गर्ने बताएका हुन् ।
उनीहरुले यसअघि उम्मेदवारहरुले धेरै आश्वासन दिएर पनि विकासका पूर्वाधारसमेत विकास गर्न नसकेकोमा आक्रोस व्यक्त गर्दै समग्र कर्णालीको विकासलाई प्राथमिकता दिन माग गरेका छन् ।
प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा २७ हजार ४ सय ३५ मतदाता छन् ।
प्रतिनिधिसभातर्फ ७ जना, प्रदेश सभा क्षेत्र नं क मा ३ तथा ख मा ३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij