माओवादी केन्द्र चितवनले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ।
यसैबीच प्रकाश दाहालको निधन भएपछि चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेले आज हुने सबै चुनावी कार्यक्रम स्थगित गरेका छन् ।
उनले पूर्व प्रधानमन्त्री दाहालका छोराको निधनले आफू मर्माहित भएको भन्दै आजका चुनावी कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिए ।
यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नेता पाण्डे प्रतिस्पर्धामा रहेका छन्।
