आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाले मलाई लोकतन्त्र सिकाउन खोज्नु मजाक होः ओली

  • प्रकाशित मिति : बिहिबार, मंसिर ७, २०७४



  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई लोकतन्त्रको पाठ सिकाउनु मजाक भएको बताएका छन्।

    दाङको तुलसीपुरमा बुधबार वाम गठवन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आजीवन लोकतन्त्रको लागि लड्दै आएको आफूलाई देउवाले प्रजातन्त्रको परिभाषा सिकाउनु खोज्नु हाँस्यास्पद पनि भएको बताए।

    ‘२०४६ सालमा म लोकतन्त्रको लागि सडक संघर्षमा रहँदा शेरबहादुरजी कहाँ हुनुहुन्थो। सायद उहाँ बेलायतमा पढ्दै हुनुहुन्थ्यो’, ओलीले भने ‘कस्तो अचम्म आज उहाँले मलाई लोकतन्त्रको परिभाषा सिकाउन र सटिफिकेट दिने खोज्ने?’

    ओलीले आफूलाई त्यस्तो बेलायती सटिफिकेट नचाहिने बरू मंसिर १० र २१ गतेको निर्वाचनले देउवालाई पराजयको सटिफिकेट दिने जिकिर गरे।

    वामगठबन्धले लोकतन्त्र खतरामा पर्छ भन्नेहरुले लोकतन्त्र हैन आफ्नो लुटतन्त्र खतरामा पर्छ भनेर अनेक भ्रमहरु सिर्जना गर्न खोजेको ओलीले दाबी गरे।

    ‘हामी लोकतन्त्र हैन लुटतन्त्र खत्तम गर्न चाहन्छौं’ ओलीले भने।

    वाम गठबन्धनले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबी गर्दै ओलीले ५ वर्षमा पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउने, रेल गुडाउने, ५ हजार वृद्धभत्ता पुर्‍याउने र कर्मचारीको तलब बढाउने योजनासमेत सुनाए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij