आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन भएको वर्ष उच्च आर्थिक वृद्धि

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ८, २०७४



  • रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो ।

    २०४८ देखि २०७३र७४ सम्मका ८ मध्ये ६ वटा निर्वाचन भएको वर्षमा उच्च वृद्धि भएको छ । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचन हुँदा आर्थिक वर्ष २०४७/४८ मा ६.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

    २०५१ को मध्यावधि निर्वाचनका बेला हालसम्मकै उच्च ७.६ प्रतिशत वृद्धि हासिल भयो । उक्त वर्ष निर्वाचनसँगै २०४८ देखि सुरु भएको आर्थिक उदारीकरणको प्रभावसमेत देखिएकाले ऐतिहासिक वृद्धि भएको थियो । २०५६ को आम निर्वाचनमा ६.१ प्रतिशतले विस्तार भएको अर्थतन्त्रमा त्यसयताका दुई संविधानसभा निर्वाचनले पनि सकारात्मक प्रभाव पार्‍यो । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचन हुँदा ५.८ प्रतिशत हाराहारी वृद्धि हासिल भयो ।

    ‘निर्वाचनका बेला अत्यधिक खर्च भएर उपभोग बढ्ने भएकाले उच्च वृद्धि हासिल भएको हो,’ पूर्वअर्थ सचिव रामेश्वर खनालले भने । बढेको खर्चकै कारण २०४९ र २०५४ मा प्रभाव नदेखिए पनि पछिल्लो स्थानीय तहको निर्वाचनको योगदान पनि अर्थतन्त्रमा देखियो । गत वर्षको ६.९ प्रतिशतको वृद्धि भयो । अघिल्लो वर्ष निकै न्यून वृद्धि भएकाले आर्थिक वर्ष २०७३र७४ मा बढी वृद्धि देखिएको हो । उक्त वृद्धिमा पनि निर्वाचनको भूमिका रहेको अर्थविद्हरू बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij