आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नमुना बनेन गोरखा-२

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०७४



  • पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्री चुनाव लडेर चर्चित बनेको गोरखा-२ को चुनावी गतिविधि सकारात्मक सन्देश दिने खालको बन्न नसकेको गुनासो गरिएको छ। यो क्षेत्रमा पूर्वसहयोद्धा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

    राष्ट्रिय स्तरका दुई ठूला नेताले प्रतिस्पर्धा गरेकाले अरू जिल्लाका लागि र दोस्रो चरणको चुनावका लागि समेत प्रेरणादायी बन्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको स्वतन्त्र टिप्पणीकर्ताको विश्लेषण छ।अाजकाे अन्नपुर्णमा  शिव उप्रेतीले समाचार लेखेका छन् ।

    ‘दुवै प्रतिष्ठित व्यक्तित्व हुन्। त्यसमा पनि दुवै सादगी खालका नेता थिए। भड्किलो प्रचारशैली हुन्न होला भन्ने पूर्वअनुमान थियो’, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष स्थानेश्वर दुवाडी भन्छन्, ‘तर एक महिनाको प्रचारशैली निकै भड्किलो देखियो।’

    प्रतिस्पर्धा स्वस्थ नभएको उनको विश्लेषण छ। ‘एकअर्काबीच आरोप/प्रत्यारोप बढी नै भयो। एउटाले अर्काको सकेसम्मको कटाक्ष गरेको देखियो’, उनले भने, ‘प्रचार टोलीका कार्यकर्ता नियन्त्रणमा देखिएन। कुटपिटका घटना पनि भए।’

    कडा प्रतिस्पर्धा र दुवैका लागि जित्नै पर्ने अवस्था रहेकाले शक्ति प्रदर्शनको क्रममा जघन्य घटना हुन सक्ने पूर्वअनुमान पनि गरिएको थियो। तर, त्यस्तो अप्रिय घटना भने नभएको केही विश्लेषक बताउँछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij