आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राज्यमन्त्री श्रेष्ठको घरमा बम विस्फोट, घरको पर्खाल भत्कियो

  • प्रकाशित मिति : शनिबार, मंसिर ९, २०७४



  • सर्लाही, मंसिर ९ । पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ ।

    आज(शनिबार) बिहान ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो ।

    विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए ।

    घर पछाडी पट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

    घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।

    बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij