आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मतदान गरेपछि मन्त्री शर्माले भने: चुनाव नै जनताको जित हो

  • प्रकाशित मिति : आइतवार, मंसिर १०, २०७४



  • रुकुम मंसिर १० । विनाविभागीय मन्त्री जनाद्र्धन शर्मा ‘प्रभाकर’ले चुनाव हुनु नै जनताको जित भएको बताएका छन् ।

    आईतबार विहान आफ्नो गृह जिल्ला रुकुममा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त बोल्दै यस्तो बताए ।

    केही देशी विदेशी तत्वहरुले निर्वाचन भाँड्न खोजेको भन्दै अब कसैले पनि चुनावलाई तलमाथि गराउन नसक्ने बताए ।

    जनताको उत्साहपूर्ण सहभागिताले पनि चुनाव हुन सफल भएको बताए ।

    अहिलेको परिस्थितिमा चुनाव हुनु नै जनताको जीत हो, अब छिटै नेपाल समृद्धिको बाटोमा अगाढी बढ्छ प्रभाकरले भने ।

    यसैवीच पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनका लागि आज रुकुममा पनि मतदान सुरु भएको छ ।

    रुकुम पश्चिमको सेरीगाउँ मतदान स्थल क केन्द्रबाट पूर्व गृह मन्त्री एवं विनाविभागीय मन्त्री जनाद्र्धशन शर्मा प्रभाकरले सुरुमा मतदान गरेर शुरुवात गरे ।

    उनले यमुनानन्द नमुना उमावि सेरीगाउँ मतदान केन्द्र ‘क’ बाट मतदान विहान ७ बजेर १५ मिनेटमा गरेका हुन् ।

    ठीक सात बजे मतदान गर्ने भनिएता पनि स्थानीय प्रतिनीधिहरु ढिलो आएका कारण १५ मिनेट ढिलो गरी सुरु भएको थियो । अन्य मतदाताहरुले पनि त्यसलगत्तै मतदानमा भाग लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij