आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवादका कारण मतपेटिका सदरमुकाम ल्याइएन

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १२, २०७४



  • बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।

    वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ ।

    दलका प्रतिनिधिहरुले मतपेटिकासँगै हेलिकोप्टरमा आफूहरु पनि सदरमुकाम चैनपुर जान पाउनुपर्ने भनेपछि विवाद भएको हो ।

    तर, नेपाली सेनाले हेलिकोप्टरमा प्रतिनिधिहरुलाई सिट नपुग्ने भनेपछि तीनओटा मतपेटिका उतै छाडेर आएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ध्रुवकुमार भण्डारीले जानकारी दिए ।

    उक्त ठाउँबाट सदरमुकाम चैनपुर आइपुग्न पैदलमार्गबाट तीन दिन लाग्छ । अहिलेसम्म त्यहाँका मतपेटिका कसरी ल्याउने भन्नेबारेमा कुनै छलफल नै नभएको जनाइएको छ ।

    १६० मतदान केन्द्र रहेको बझाङमा १५९ मतदान केन्द्रका मतपेटिकाहरु भने सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएका छन् ।

    १५९ मतदान केन्द्रका ४७७ मतपेटिका जिल्ला पशुसेवा कार्यलयको हलमा सुरक्षित राखिएका छन् भने ती तीनओटा मतपेटिका ल्याउन बाँकी छ ।

    मतपेटिका राखिएको स्थानमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उक्त स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij