आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनकुटामा निर्वाचनमा खटिनेलाई तालिम

  • प्रकाशित मिति : बुधबार, मंसिर १३, २०७४



  • धनकुटा, मंसिर १३ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको छ ।

    धनकुटाका ११७ मतदानस्थलअन्तर्गतका १५३ मतदान केन्द्रमा खटिने १५३ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।

    निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण गराउने उद्देश्यले तालिम दिइएको निर्वाचन कार्यलयका सूचना अधिकृत केशव पौडेलले जानकारी दिए ।

    १ लाख ५ हजार १८८ मतदाता रहेको धनकुटामा अधिकृत र सहायक अधिकृतसहित १ हजार ८३६ कर्मचारी खटिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij