प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०७४
बिहान ७ बजेबाट मतदान शुरु भएको हो । बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकाको दुई केन्द्रमा मतदान भईरहेको हो ।
मंसिर १० गते मतदानका क्रममा वाँफिकोट गाउँपालिका–५ मा रहेको रत्न निम्न माध्यामिक विद्यालय काँडा ‘क’ केन्द्रमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाइएको थियो भने आठविसकोट नगरपालिका ११ गत्तासैनामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालय ‘ख’ केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेर मतपेटिका जलाईएको थियो ।
‘क’ केन्द्रमा २ सय ५० मत खसेको खसेको थियो जहाँ एक जनालाई नियन्त्रणमा लिएको छ । ‘ख’ केन्द्रमा २ सय ६० मत खसेको थियो जहाँ २ जनालाई नियन्त्रणमा लिइएको छ ।
बिहान ७ बजेबाट शुरु भएको निर्वाचन सांझ ५ बजेसम्म चल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij