प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०७४
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।
धनुषास्थित राजेश्वरनिधि उच्च माविबाट कांग्रेस नेता बिमलेन्द्र निधिले मतदान गरेका छन्।
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij