आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनकुटामा ६८ प्रतिशत मत खस्यो

  • प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०७४



  • धनकुटा, मंसिर २१ । धनकुटामा बिहीबार सम्पन्न मतदानमा ६८ प्रतिशत मत खसेको जनाइएको छ ।

    जिल्लामा रहेका कुल एक लाख पाँच हजार १८८ मतदातामध्ये ७१ हजार २५१ मत खसेको मुख्य निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

    मतदान सकिएपछि गाउँगाउँमा मतपेटिका लिनका लागि जिल्लाबाट सुरक्षाटोलीसहितको गाडी पठाएको छ ।

    सबै मतदान केन्द्रबाट बिहीबार रातिभरिमा सबै मतपेटिका धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा ल्याइसक्ने जनाइएको छ ।

    शुक्रबार बिहान राजनीति दलका प्रतिनिधिसँग बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij