आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंका १० मध्ये ९ क्षेत्रमा विवेकशील साझा तेस्रो

  • प्रकाशित मिति : शनिबार, मंसिर २३, २०७४



  • काठमाडौं १० निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रको अन्तिम परिणाम आएको छ। त्यसमध्ये तीन क्षेत्रमा एमाले विजयी भएको छ भने तीन क्षेत्रमा कांग्रेसले जित हात पारेको छ।

    चार क्षेत्रको मतगणना जारी छ। ती चारै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन्। काठमाडौंमा मुख्यप्रतिष्पर्धा वाम गठबन्धन र कांग्रेसबीच भएको छ। पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टी ९ क्षेत्रमा तेस्रो स्थानमा छ।

    काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्र ८१५ मत कम पाएर चुनाव हारेका छन्।

    बाँकी ९ क्षेत्रमा विवेकशील साझा पार्टीले तेस्रो बढी भोट पाएको छ।

    परिणाम आउन बाँकी क्षेत्र नम्बर २ मा विवेकशीलका उम्मेदवार सूर्यराज आचार्य ५६६८ मत ल्याएर तेस्रो स्थानमा छन्। काठमाडौ–३ मा सुमित्रा लामाले २२०५ मत पाएकी छन्।

    कांग्रेस विजयी भएको क्षेत्र नम्बर ४ मा विवेकशीलकी सुवुना बस्नेत ३०४० मत ल्याएर तेस्रो भइन्। काठमाडौं पाँचमा उज्जवल थापा १००९ मत ल्याएर तेस्रो स्थानमा छन्।

    काठमाडौं ६ का उम्मेदवार रमेश चिलवाल २३९२ मत पाएर तेस्रो स्थानमा छन्। काठमाडौं ७ मा अनुपा श्रेष्ठले २६१८ मत पाएकी छन्। काठमाडौं ८ मा पुकार बलमे ४४१४ मत ल्याएका छन् भने काठमाडौं ९ मा मिलन पाण्डे ४९४६ मत ल्याएर तेस्रो भए। काठमाडौं १० मा पनि विवेकशील साझाका प्रदीप ढकाल २००३ मत ल्याएर तेस्रो भए।

    प्रत्यक्षमा एउटा सिट पनि जित्ने सम्भावना नभएकाले विवेकशील साझा राष्ट्रिय पार्टी बन्ने छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij