आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीमा समानुपातिकमा एमाले पहिलो

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २६, २०७४



  • बैतडी, मंसिर २६ । बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ ।

    यसैगरी, नेपाली कांग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

    प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

    यस्तै, प्रदेशसभा क्षेत्र ‘क’मा पनि एमालेले सबैभन्दा बढी ९ हजार ८७३ मत प्राप्त गरेको छ । कांग्रेसले ९ हजार ६६९, माओवादी केन्द्रले ६ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।

    प्रदेशसभा क्षेत्र ‘ख’मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा ९ हजार ९४ मत बदर भएको छ ।

    यसैगरी, प्रदेशसभा क्षेत्र ‘ख’मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । कांग्रेसले ८ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ ।

    प्रदेशसभा क्षेत्र ‘ख’मा समानुपातिकतर्फ खसेको कुल ३६ हजार ७९६ मतमध्ये ८ हजार ८४२ मत बदर भएको छ ।

    प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत् मंसिर १० गते निर्वाचन भएको थियो ।

    वाचा पूरा गर्छौं : सांसद
    नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा गर्ने दोहर्‍याएका छन् ।

    प्रेस चौतारी नेपालले बैतडीको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद दामोदर भण्डारीले वाम गठबन्धनको सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेतीको काम अघि बढाउने बताए ।

    बैतडीमा निर्माणाधीन जिल्ला अस्पतालको ५० श्ययाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गरिने बताउँदै उनले भने–‘समग्र बैतडी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नेछौं ।’

    पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र ‘क’का सदस्य प्रेमप्रकाश भट्टले यस क्षेत्रमा रहेका खानीको खोजी गरी सन्चालनका लागि पहल गरिने बताए ।

    यस्तै, प्रदेशसभा ‘ख’का सदस्य लीलाधर भट्टले ‘संघीयताको कार्यान्वयनको सिलसिलामा नीतिगत समस्या भएका ठाउँमा सुधार गरेर अघि बढिनेछ’–भने । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij