आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत

  • प्रकाशित मिति : बुधबार, मंसिर २७, २०७४



  • वीरगन्ज, मंसिर २७ । मधेसी गठबन्धनको जितपछि वीरगन्जमा निकालिएको विजयजुलुसमा स्थानीयले विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् ।

    पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो ।

    वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजयजुलुमा पर्सा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य लालबाबु राउत गदी र जनत अन्सारीलाई स्वागत गर्दै स्थानीयले चाँदीको मुकुट र ५१ केजीको माला लगाइदिएका हुन् ।

    २ नम्बर प्रदेशको केन्द्रविन्दु र औद्योगिकनगरीको नामले चिनिएको पर्सा जिल्लामा रहेका चारओटा निर्वाचन क्षेत्रहरुमा मधेसी गठबन्धनले आफ्नो कब्जा जमाएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पर्साका चार प्रतिनिधिसभा क्षेत्रहरुमध्ये संघीय समाजवादी फोरम नेपालले तीन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दुई स्थानमा जित हासिल गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा एमालेको ‘गढ’ मानिने पर्साका चारओटै क्षेत्रमा मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनलाई हराएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij