आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“एमालेले सरकारबारे धारणा माग्यो, हामीले संविधान संशोधनबारे उसको धारणा माग्यौँ “- सह अध्यक्ष श्रेष्ठ

  • प्रकाशित मिति : सोमवार, पुस १०, २०७४



  • संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूको पहिलो एजेण्डा संविधान संशोधन रहेको बताएका छन्।

    सेतोपाटीसँग कुराकानी गर्दै सह–अध्यक्ष श्रेष्ठले आफूहरू संविधान संशोधनको एजेण्डा लिएर निर्वाचनमा गएकोले यसलाई नै प्राथमिकतामा राखेको बताए।

    एमालेले नेतृत्वले सरकारमा सहभागिताबारे जिज्ञासा राखेको भएपनि यस विषयमा सामान्य छलफल मात्रै भएको उनले बताए ।

    ‘एमालेले सरकारमा सहभागी हुने बारे हाम्रो धाराणा बुझेको थियो। जवाफमा हामीले संविधान संशोधनबारे एमालेको धाराणा माग्यौं।’ उनले भने, ‘प्रदेशको सीमाना हेरफेरसहितको संविधान संशोधन नभएसम्म फोरम सरकारमा सहभागी नहुने कुरा हामीले स्पष्ट पारेका छौ।’

    एमाले माओवादी गठबन्धनलाई सरकारको नेतृत्व गर्ने जनमत आएकोले उनीहरूले नै सरकार बनाउनु उचित हुने उनले बताए।

    ‘एमाले–माओवादीले बहुमतको सरकारका लागि मत मागेका हुन् । हामीले संविधान संशोधनका लागि मत मागेका हौं’ उनले भने, ‘गठबन्धन र हाम्रो जनमत नै फरक उद्धेश्यका लागि आएकोले हाम्रा एजेण्डामा पनि भिन्नता छ।’

    उनका अनुसार एमालेले फोरमलाई समृद्धि भएपछि असमानता आफैँ हट्छ भन्दै सम्झाएको थियो।

    तर, आफ्नो पार्टी भने अधिकार स्थापित गराउने अभियानमा रहेको जवाफ एमालेलाई दिएको श्रेष्ठले बताए।

    एमालेले सरकारमा सहभागी हुनेबारे फोरमको धारणा मागेको भएपनि यस विषयमा गम्भीर छलफल भने नभएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij