आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • नेकपा माओवादी केन्द्रका नेता एवम् बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागि मात्रै नभएकोले एमाले–माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुने विश्वास दिलाएका छन्।

    राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिए।

    शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखे। उनले भने,‘एकता हुन्छ, यसमा कुनै दुई मत छैन, एकताको लागि अहिले व्यापक छलफल भइरहेको छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं।’ एकतापछिको पार्टीको अध्यक्ष को बन्छ? भनेर अहिले नै भन्न नसकिने समेत शाहीले स्पष्ट पारे।

    उनले अबको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्न सक्ने समेत संभावना सुनाए। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ, अध्यक्ष ‘प्रचण्ड’ पनि प्रधानमन्त्री बन्ने ठूलो संभावना छ।’

    कालिकोट प्रदेश सभा ‘ख’ बाट विजयी सांसद रहेका मन्त्री शाहीले राष्ट्रिय सभासम्बन्धी अध्यादेशको विवाद छिट्टै टुंगिनेसमेत विश्वास दिलाए । उनले भने,‘एकल संक्रमणीय वा बहुमतीय भन्ने विवाद छ, अब हामीबीचको बाटो अपनाएर समाधान निकाल्छौं, यो विवाद चाँडै हल हुन्छ।’

    उनले आफू प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको लागि योग्य उम्मेदवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गरे। उनले भने,‘अब हेरौं के हुन्छ, वाम गठबन्धनमा यसबारेमा छलफल जारी छ, म पनि संभावना भएको योग्य र सक्षम उम्मेदवार हुँ भन्ने मेरो दाबी छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij