आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा

  • प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४



  • काठमाडौं, पुस १४ । मन्त्रिपरिषद बैठकमा सचिवहरु र मुख्यसचिवविरुद्ध मन्त्रीहरु आक्रोसित भएका छन् ।

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए ।

    विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की भएको थियो । सोही कारण सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे ।

    राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरुले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री देउवाले स्थिति सम्हालेका थिए । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij