आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपाले सुटुक्क बुझायो समानुपातिक सांसदको सूची

  • प्रकाशित मिति : शनिबार, पुस १५, २०७४



  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश तर्फबाट समानुपातिक सांसदहरूको सूची सुटुक्क बुझाएको छ।

    राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको सूची बुझाएका हुन्।

    राजपाका तर्फबाट, प्रदेश नम्बर दुईमा दस जना,प्रदेश नम्बर पाचमा एक र प्रदेश नम्बर सातमा एक जना चुनिएका छन्।

    राजपा स्रोतका अनुसार दुई नम्बर प्रदेशबाट रामनरेश राय,जानकी शरण शाह,रामप्रवेश बैठा,बबिता कुमारी,निलमदेवी भुमीहारी,अञ्जुकुमारी,पुनम यादव,विवा ठाकुर,डिम्पल झा र लैला खातुन रहेका छन्।

    समानुपातिक सांसद चयनलाई लिएर राजपा कार्याल तोडफोड भएको छ। मधेसी निजामती कर्मचारी महासंघका पुर्वअध्यक्ष विनोदकुमार सिंहलाई सांसद नबनाईएको भन्दै कार्यालय तोडफोड भएको हो।

    सिंहले समानुपातिक बन्दसूची राख्नुभन्दा केही दिन अघि मात्रै जागिरबाट राजिनामा दिएका थिए। राजपाको पार्टी कार्यालय भवन मधेसी निजामती कर्मचारी महासंघको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij