आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हालसम्म १ खर्ब ५१ अर्ब बैदेशिक लगानी, चुक्ता पुँजी एक तिहाईमात्र

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • नेपलामा सन् २०१६ सम्म कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सर्भे अनुसार २५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ।

    राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार ३७ कम्पनीमात्र उत्पादनमुलक छन् भने बाँकी सबै सेवा, व्यापारमा छन्। त्यसमा ११ फार्मले निर्यात गर्छन्।
    निर्यात गर्ने कम्पनीमा ३ वटा उपभोग्य वस्तुको उत्पादन र ८ वटाले औद्योगिक वस्तु उत्पादन गर्ने गरेको थापाले जानकारी दिए।
    नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कूल बैदेशिक लगानीको एक तिहाई रकममात्र चुक्त पुँजी बाँकी रिजर्भ भएको बताए।
    त्यस्तो लगानीको .रिजर्भ रकम नेपालमै लगानी हुन्छ वा फेरि विदेश जान्छ भन्ने कुराको कु्नै ग्यारेन्टी नभएको उनले प्रष्ट पारे।

    व्यापार तथा लगानीको क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारको बारेमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांसले नीतिगत परिवर्तनको आवस्यकता भएको औल्याए।
    भारतसँगको स्थिर सटही दर, सरकारको प्राथमिकता, सहुलियत, प्रशासनिक सेवा, प्रतिस्पर्धा तथा उत्पादकत्व बृद्धिमा सरकार, निजी तथा सार्वजनिक क्षेत्रबाट एकसाथ पहल हुनुपर्ने सहभागीले धारणा राखेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij