आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालुवाटार बैठकमा ओली अनुपस्थित

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

    दलहरुबीच सहमति गरेर प्रदेश प्रमुख तोक्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले राष्ट्रिय पार्टी बनेका पाँच दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

    केहीबेरअघि सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी छन्।

    कांग्रेसबाट प्रधानमन्त्री देउवासहित नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला बैठकमा उपस्थित छन्।

    एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल र पूर्वमन्त्री विष्णु पौडेल र अग्नी खरेल सहभागी छन्।

    बैठकमा राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, अनिल झा, महिन्द्र राय यादव, राजकिशोर यादव सहभागी छन्।

    त्यस्तै फोरमबाट राजेन्द्र श्रेष्ठ लगायत नेता बैठकमा छन्।

    एमाले अध्यक्ष ओली केही दिनयता बिरामी छन्। उनलाई  झाडापखालाका लागेको थियो। उनी अहिले बालकोट निवासमा आराम गरिरहेका छन्।  ओली  स्वास्थ्यका कारण बैठकमा सहभागी  नभएका हुन् भन्ने प्रश्नमा उनका प्रेस संयोजक चेतन अधिकारीले भने- होइन, उहाँ स्वास्थ्य अहिले ठिक छ। अरू राजनीतिक भेटघाट गरिरहनुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij