आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘वाम गठबन्धनलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुन्छ’

  • प्रकाशित मिति : बुधबार, पुस २६, २०७४



  • काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेशअनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् ।

    रिपोर्टर्स् क्लबले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए ।

    संविधान निर्माणकाक्रममा रहेका केही कानुनी अस्पस्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’

    प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औंल्याए ।

    उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आफ्नो पार्टीले सार्वजनिक बिदा माग गर्दै आएकामा सरकारले यसपटक बिदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रस्ट पारे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij