आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेल्टा भिगोलाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाईनलमा प्रवेश

  • प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४



  • काठमाडौं, पुस २८ । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

    अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५-० ले जित्यो ।

    बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे ।

    पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६-० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो ।

    गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।

    स्पेनिस किङ्स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij