प्रकाशित मिति : आइतवार, पुस ३०, २०७४
रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए ।
आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उनले भने, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”
उनले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे ।
उनले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए ।
“प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उनले भने ।
रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij