आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दलको भागबन्डा

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०७४



  • सरकारले बुधबार प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको छ।

    मंगलबार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक डाकिएको भए पनि थप छलफल गर्नु पर्ने भन्दै स्थगित गरिएको थियो।

    प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार बुधबार बिहान ९ बजे बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने छ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टी बनेका पाँच वटै दलको सहमतिमा प्रदेश प्रमुख नियुक्तिको प्रयास गरेका थिए। उनले कांग्रेस, एमाले र माओवादीलाई २–२ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सिफारिशमा एक प्रदेशमा प्रमुख नियुक्ति गर्ने प्रस्ताव गरेका थिए।

    तर गठबन्धन बनाएका एमाले र माओवादी प्रधानमन्त्रीको सो प्रस्तावमा सहमत नभएपछि कांग्रेसबाट पाँच, राजपा र फोरमबाट २ प्रदेशमा प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ।

    भोलिकै मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ।

    स्रोतका अनुसार विराटनगर, जनकपुर, ललितपुर, पोखरा, भैरहवा/बुटवल, सुर्खेत र धनगढीमा पहिलो बैठक बस्ने गरी प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको तयारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij