प्रकाशित मिति : बुधबार, माघ ३, २०७४
सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ। मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन्।
यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।
बालुवाटार स्रोतका अनुसार प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।
उनीहरुले अहिलेसम्म नाम पठाइसकेका छैनन्।
कांग्रेसले बाँकी ५ प्रदेशमा प्रमुख बनाउने भएको छ।
स्रोतका अनुसार प्रदेश १मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।
‘यी नाममा केही तलमाथि हुन पनि सक्छ,’ स्रोतले भन्यो।
त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ।
सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij