आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा आन्दोलन चर्कियो, सरकारी कार्यालयमा काम गर्न नदिने उदघोष

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • दाङ, माघ ४ । सरकारले ५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङवासी झन् आक्रोशित भएका छन् ।

    जारी आन्दोलन अझ कडा बनाउने भन्दै उनीहरुले सबै क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । प्रदेशको अस्थायी मुकाम रुपन्देहीलाई तोकेकामा उनीहरु अवज्ञामा उत्रेका हुन् ।

    आन्दोलनकारीहरुले आजदेखि अनिश्चितकालिन आम हड्ताल गर्दै सरकारी कार्यालयमा काम गर्न नदिने उद्घोष गरेका छन् ।

    माघ ३ गतेलाई कालो दिनका रुपमा मनाउने पनि उनीहरुको भनाइ छ । अस्पताल र एम्बुलेन्सबाहेक सबै क्षेत्र बन्द गराइने घोषणा उनीहरुले गरेका हुन् ।

    दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा प्रदर्शन जारी नै छ । बन्दले जनजीवन पुरै ठप्प बनेको छ । यातायात, बजार, कालकारखाना, शैक्षिक संस्था केही पनि चल्न दिइएको छैन ।

    यसैगरी धनकुटा र डोटीमा पनि सरकारको निर्णयविरुद्ध प्रदर्शन कायमै छ ।

    आफ्नो ठाउँलाई राजधानी नतोकेको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन नै गरेका छन् ।

    सरकारले एक नम्बरको अस्थायी मुकाम विराटनगर र सात नम्बरको धनगढी बनाउने निर्णय गरेपछि उनीहरु उग्र बनेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij