आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनिश्चितकालिन आमहड्तालका कारण दाङको जनजीवन कष्टकर

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०७४



  • दाङ, माघ ६ । प्रदेश नम्बर ५ को राजधानी दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

    आमहड्तालका कारण आज पनि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । जिल्लाका मुख्य बजार र सडकमा विहानदेखिनै प्रदर्शन भइरहेका छन् ।

    दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले नै लिएका छन् ।

    केन्द्रका नेताहरुले पहलकदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दल एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।

    समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएको छ । अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड ठप्प भएको छ भने जिल्लाका अन्य शहरबाट विभिन्न ठाउँमा जाने गाडीसमेत चल्न सकेका छैनन् ।

    अस्थायी मुकाम दाङलाई बनाउने काममा पहलकदमी गर्न नसकेको भन्दै आन्दोलनकारी नेताहरुप्रति आक्रोशित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij