आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०७४



  • काठमाडौं, माघ ६ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन् ।

    संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार राजधानीमा ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले वाम गठबन्धन मिल्नुको कुनैपनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए ।

    संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने–‘संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रो कमजोरी हो ।’

    संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि, विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।

    उनले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे ।

    कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको बताए ।

    नयाँ सरकारका लागि कानुनी जटिलता भएपनि फुकाउन सकिने भन्दै उनले सरकारले परिमाणलाई सहर्ष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताए ।

    कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्धि बनाउने बताए ।

    कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हक–हितका लागि ध्यान दिनुपर्ने विचार व्यक्त गरिन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij