आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा

  • प्रकाशित मिति : आइतवार, माघ ७, २०७४



  • धनकुटा, माघ ७ । सरकारले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नतोकेकोमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिसहित सम्पूर्ण तहका पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

    आफ्नै पार्टीको सरकार हुँदा पनि प्रदेशको राजधानी धनकुटालाई नतोकेको भन्दै नेपाली कांग्रेस धनकुटाको कांग्रेस कार्यसमितिले सामूहिक राजीनामा दिएको हो ।

    धनकुटामा हिजो साँझ पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससंग सम्बद्ध जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलले राणाकाल, पञ्चायतकाल, वहुदलीय व्यवस्थामा समेत क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको र पर्याप्त भौतिक पूर्वाधार रहेको धनकुटालाई उपेक्षा गरिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij