आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डीपीएल क्रिकेट चैत १७ देखि, विजेतालाई २५ लाख, रणनीतिक खेलाडीको घोषणा

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • काठमाडौं, माघ १० । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी चैत १७ गतेदेखि कैलालीको धनगढीमा हुने भएको छ ।

    बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले रुस्लानको प्रमुख प्रायोजनमा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

    वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं गोल्डेन्स, सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

    पत्रकार सम्मेलनमा सहभागी टोलीहरुको रणनीतिक खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ ।

    जसअनुसार ज्ञानेन्द्र मल्ल काठमाडौंको, दीपेन्द्रसिंह ऐरी अत्तरियाको, विनोद भण्डारी महेन्द्रनगरको, सोमपाल कामी धनगढीको, शक्ति गौचन रुपन्देहीको र पारस खड्का विराटनगरको रणनीतिक खेलाडी रहेका छन् ।

    गत वर्ष पहिलोपटक ‘अक्सन’मार्फत् खेलाडी छनोट गर्दै आयोजना गरिएको प्रतियोगितामा योपटक पुरस्कार राशी वृद्धि गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

    पहिलो संस्करणको विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेकोमा योपटक २५ लाख पाउनेछ । उपविजेताले १० लाख रुपैयाँ जित्नेछ । त्यसैगरी, तेस्रो हुनेले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार तथा ‘म्यान अफ द सिरिज’ले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् ।

    प्रतियोगिताको अक्सनका लागि यसअघि नै खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij