आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णय

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • काठमाडौं, माघ १० । सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला–पुरूष दुवै)सम्मलाई दिने निर्णय गरेको हो ।

    त्यसैगरी, मन्त्रिपरिषदले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

    सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ ।

    सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दामाथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ । सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णयसमेत गरिएको छ ।

    रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टका लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले बताए ।

    मन्त्रिपरिषद्को बैठकले महासेनानी विनयविक्रम राणासमेत गरी चारजना महासेनानीलाई पदोन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीवशम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij