आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थलगत रिपोर्ट बुझेपछि प्रधानमन्त्रीले भने- नेपालको सीमा एक इञ्च मिच्न दिन्नँ

  • प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४



  • प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगंजको छपकैयामा भारतले नेपालको भूमि मिचेको स्वीकार गरेका छन्।

    प्रधानमन्त्री देउवाले सरकार एक ईञ्च नेपाली भूमि पनि मिच्न नदिन सचेत रहेको पनि स्पष्ट पारेका छन्।

    बिहिबार एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले छपकैयामा भारतले ५० बिगाहाभन्दा बढी नेपाली भूमि मिचेको दाबीसहितको स्थलगत रिर्पोट बुझाएपछि उनले सरकार नेपाली भूमि मिच्न नदिन प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका हुन्।

    प्रधानमन्त्री देउवाले वीरगंजको छपकैयामा नेपाली भूमि मिचिएको भन्ने विषयमा सरकारले अझै गम्भीर अध्ययन गर्ने आश्वासन  दिए।

    त्यसक्रममा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले जग्गाको भोगचलन गर्दै आएका स्थानीयबासीहरूको भनाइ अनुसार पनि भारतले वीरगंजको छपकैयामा नेपाली भूमि मिचेको पुष्टी भएको दाबी गरेका थिए। स्थानीय जनता, स्थानीय प्रशासन र विज्ञहरूसमेतको भनाइबाट पनि भारतले नेपालको भूमि मिचेको पुष्टी भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।

    वीरगंजको छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार आएलगत्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका नेताहरूको टोली स्थलगत अनुगमनका लागि गत माघ ६ गते त्यहाँ पुगेको थियो। सोही क्रममा स्थानीय जनता र विज्ञहरूले समेत नेपाली भूमि भारतीय पक्षबाट मिचिएको पुष्टी भएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले दाबी गरिन्। यता, सरकारी निकायले भने वीरगंजमा नेपाली भूमि मिचिएको भन्ने समाचारमा सत्यता नरहेको दाबी गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij