आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक्लाएक्लै एकता वार्ता: ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

  • प्रकाशित मिति : आइतवार, माघ १४, २०७४



  • काठमाडौं, माघ १४ । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन् ।

    शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन ।

    सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो ।

    ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए ।

    भक्तपुरस्थित एक व्यापारीको घरमा ओली-दाहालबीच अढाई घन्टा छलफल भएको थियो । ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ ।

    सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन् ।

    यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग-अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन् ।

    बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन् । यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन् ।’

    तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन् । उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज-भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए।

    ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भने ।

    ओलीको चाहना

    आफू प्रधानमन्त्री हुने, त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने। पार्टी एकता र सरकार गठन प्रक्रियालाई अलग-अलग ढंगले अगाडि बढाउने।

    दाहालको चाहना

    सरकार गठनअगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिने। एमालेले सहअध्यक्षमा अल्मल्याउन खोजे उधारो कारोबार नगर्ने। –अन्नपूर्णपोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij