आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वाम गठबन्धनले आज मुख्यमन्त्रीको टुंगो लगाउने

  • प्रकाशित मिति : आइतवार, माघ १४, २०७४



  • एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आज प्रदेशका मुख्यमन्त्रीको टुंगो लगाउने भएको छ।

    मुख्यमन्त्री टुंगो लगाउन गठबन्धनको कार्यदलको बैठक दिउँसो बस्दैछ।

    बैठकले गरेको सिफारिशमा दुबै दलका शीर्ष नेताहरु सहमत भए आजै मुख्यमन्त्रीको टुंगो लाग्ने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

    प्रदेश र प्रतिनिधि सभा चुनावमा गठबन्धन बनाएर लडेका एमाले र माओवादीसँग ६ प्रदेशमा बहुमत छ।

    प्रदेश १ र ३ मा एमाले एक्लैको बहुमत छ भने ४, ५,६ र ७ मा दुई पार्टी मिले सहजै बहुमत पुग्छ।

    ६ मध्ये एमालेले ४ र माओवादीले २ प्रदेशको मुख्यमन्त्री पाउने गरी छलफल भइरहेको नेता ज्ञवालीले बताए।

    प्रदेश ६ मा सरकार बनाउने एमालेलाई थप एक सांसद भए पुग्छ। त्यहाँ एमाले नेता यमलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन्।

    कँडेलको अध्यक्षतामा केहीदिन अघि बसेको प्रदेश ६ को एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आफैंले राख्ने निर्णय गरेको थियो।

    प्रदेश नम्बर ६ का मुख्यमन्त्रीका दाबेदारसमेत रहेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले ६ र ७ नम्बरको मुख्यमन्त्री माओवदीलाई दिने गरी आजको बैठकले टुंगो लगाउने बताए।

    सात नम्बर प्रदेशमा माओवादीले मुख्यमन्त्री पाए वीरबल चौधरी र झपट बोहोरामध्ये एक जना मुख्यमन्त्री हुने शाहीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij