आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्तो छ, गायक सन्जीवको ‘हिट हिट’

  • प्रकाशित मिति : सोमवार, माघ १५, २०७४



  • काठमाडौं, माघ १५ । ‘नाइँ मलाई थाह छैन’ गीतमार्फत् चर्चामा आएका गायक सन्जीव पराजुलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

    सार्वजनिक ‘हिट हिट’ बोलको गीतमा शब्द होमनाथ न्यौपानेको र संगीत दीपक भट्टराईको रहेको छ । गीतमा सन्जीवसँगै अनु शाक्य र मिस्टर प्रिन्सको स्वर रहेको छ ।

    सो गीतको भिडियोमा एलिशा शर्मा र राहुल शाह फिचरिङ छन् । कोरियोग्राफीसँगै निर्देशन पनि राहुलकै रहेको छ ।

    पवन सुस्लिङको छायांकन रहेको सो गीतको भिडियोमा द मोन्टाजको सम्पादन रहेको छ ।

    यसअघि, गायक पराजुलीले गायिका टीका प्रसाइँसँग युगल गायनमा ‘पहिलो भेटैमा’ गीत ल्याएका थिए ।

    ‘यस गीतलाई क्लब गीतकोरुपमा तयार पारेका छौं । मेरो अघिल्लो गीतभन्दा यो केही फरक छ’–गायक पराजुलीले भने–‘मेरा अघिल्ला गीतझैं यसले पनि दर्शकको मन जित्नेछ भन्नेमा आशावादी छु । गीतमा युवा पुस्ताको प्रतिनिधि चित्रण गर्न खोजिएको छ ।’

    गीतकार न्यौपानले आफूले संगीतकार दीपकसँको छलफलमा गीत रचना गरेको बताए ।

    ‘यसलाई हामीले पार्टी वा क्लब गीतकोरुपमा तयार गरेका छौं । मैले शब्द पनि त्यहीअनुरुप नै लेखेको थिएँ । सन्जीवसँगको सहकार्यमा उसलाई केही नयाँ किसिमको गीत दिऊँ भन्ने लागेको थियो’–उनले भने–‘विशेषगरी यस गीतलाई युवा पुस्ताले गेटटुगेदरमा रुचाउँछन् भन्ने विश्वास छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij