आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वसम्मत् नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने एमालेको निर्णय

  • प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४



  • काठमाडौं, माघ १६ । नेकपा एमालेले सर्वसम्मत् हुन नसके चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ ।

    मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ ।

    प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

    यस्तै, बैठकले राष्ट्रियसभा निर्वाचनको मतदान विधिबारे आफ्नो पक्षका राष्ट्रियसभा निर्वाचकमन्डलका सदस्यहरुलाई तालिम तथा प्रशिक्षण दिने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

    बैठकले वर्तमान कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै त्यस्ता निर्णयप्रति आगामी सरकार जिम्मेवार नहुने स्पस्ट पारेको छ ।

    वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश नम्बर–१, ३, ४ र ५ मा एमाले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij