आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश इन्चार्जको समन्वयमा माओवादी केन्द्रले मुख्यमन्त्री चयन गर्ने

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • काठमाडौं, माघ १६ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नम्बर–६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ ।

    मुख्यमन्त्रीमा आकांक्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

    दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश नम्बर–१, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नम्बर–६ र ७ मा साझारुपमा मुख्यमन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

    त्यसैगरी, प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नम्बर–१, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नम्बर–४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ ।

    त्यस्तै, प्रदेश नम्बर–४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।

    सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ ।

    माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नम्बर–६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकांक्षी दिएका छन् ।

    यस्तै, प्रदेश नम्बर–७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।

    उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने हिसाबले पार्टीले निर्णय गर्ने प्रवक्ता भुसालको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij