आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुख्यमन्त्रीका लागि दलीय प्रतिस्पर्धा समाप्त

  • प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४



  • प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ । मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी छ ।

    हिक्मत कार्की, जीवन घिमिरे, राजेन्द्र राईले पनि आकांक्षा राखेका छन् । तर, दलको नेता छान्न निर्वाचन हुँदा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूह बाँडिन सक्ने देखिएकाले उनीहरू पनि आचार्य र राईमध्ये एकको पक्षमा उभिने सम्भावना छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    आचार्यनजिक कम्तीमा २८ देखि ३२ तथा राईको २२ देखि २५ सांसद सांसद पक्षमा छन् । तर, सर्वसम्मतको प्रयास भए प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र १ मा राई मुख्यमन्त्री बन्ने सम्भावना पनि छ ।

    प्रदेश २ मा मधेसी दलहरू बहुमतमा छन् । जम्मा १०७ सिटमध्ये संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको छ ।

    दुई दल मिलेर सरकार बनाउने तयारीमा छन् । राजपाभन्दा बढी सिट रहेकाले मुख्यमन्त्रीमा संघीय फोरमले दाबी गर्दै आएको छ ।

    फोरमका उपाध्यक्ष लालबाबु राउत र कोषाध्यक्ष विजय यादव मुख्यमन्त्रीको दौडमा छन् । उनीहरू संसदीय दलको नेता बन्न आन्तरिक तयारी गरिरहेका छन् ।

    दलको नेता चुनिन कम्तीमा १५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । दुवै आकांक्षी नेतादेखि सांसदसम्मलाई आफ्नो पक्षमा उभ्याउन लबिङ गरिरहेका छन् ।

    ११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

    नवौँ महाधिवेशनयता दुवै नेता माधव नेपाल खेमामा रहेकाले पाण्डे संस्थापनबाट अघि बढ्ने तयारीमा छन् ।

    तर, संस्थापन पक्ष पाण्डेलाई अघि सार्ने कि चर्चामा रहेका सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल या केशव स्थापितलाई उम्मेदवार बनाउने टुंगोमा पुगिसकेको छैन ।

    संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ । पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि चुनावमा सहजता पनि हुन सक्छ।

    प्रदेश सभाका ६० मध्ये एमालेले २७ सिट जितेको छ । मुख्यमन्त्रीका प्रमुख दाबेदार सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले अध्यक्ष ओली र अन्य नेतालाई मंगलबार र बुधबार भेटेरै सहयोगका लागि आग्रह गरेका छन् ।

    किरण उपाध्यक्ष वामदेव गौतम र पृथ्वी सुब्बा ओलीनिकट मानिन्छन् । दलको नेता छान्न निर्वाचन हुँदा दुईतिहाइ मतले जित्ने हिसाब पृथ्वी सुब्बाको छ भने किरणले १७ देखि १९ मतका साथ जित्ने आँकडा निकालेका छन् ।

    शीर्ष नेताबीच सहमति भएमा गौतमनिकट किरण सर्वसम्मत बन्ने सम्भावना देखिए पनि सुब्बालाई व्यवस्थापन गर्ने चुनौती कठिन छ । किनभने यो प्रदेशमा सभामुख र मुख्यमन्त्रीपछिको वरीयताको मन्त्री पनि माओवादीको भागमा परेको छ।

    प्रदेश ५ मा पोखरेल सर्वसम्मत
    प्रदेश सभाका ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ ।

    मुख्यमन्त्रीका आकांक्षी नेता शंकर पोखरेल सर्वसम्मत रूपमा संसदीय दलको नेता बनिसकेका छन् ।

    अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिअनुसार पोखरेललाई सर्वसम्मत मुख्यमन्त्री बनाउन लागिएको र त्यसअनुसार नै दलको नेता चयन भएको जानकारी मंगलबार सम्पन्न स्थायी समिति बैठकमा गराइसकेका छन् ।

    प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

    पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू काठमाडौंमै छन् । २१ माघमा बस्ने प्रदेश सभाको पहिलो बैठकका लागि अघिल्लो दिन मात्रै सुर्खेत फर्कने उनीहरूको तयारी छ ।

    प्रदेश सभाका ४० सिटमध्ये माओवादीले १३ सिट जितेको छ । वाम गठबन्धन रहेको अर्को दल एमालेका २० सांसद छन् ।

    दुवैको मत जोड्दा सानदार बहुमत पुग्छ । तर, माओवादी नेतृत्वले भण्डारी वा शाहीमध्ये कसलाई अगाडि सार्ने भन्ने निर्णय अझै गरेको छैन । मुख्यमन्त्रीबारे चाँडै निर्णय हुने माओवादी नेताहरू बताउँछन् ।


    प्रदेश सभाका ५३ मध्ये १४ सिट जितेको माओवादी केन्द्रले एमालेसँगको भागबन्डामा मुख्यमन्त्री पाएको छ ।

    एमालेको २५ सिट छ । माओवादीबाट नेताहरू त्रिलोचन भट्ट, मानबहादुर धामी, वीरमान चौधरी र झपट बोहरा मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् । डोटीबाट निर्वाचित भट्टको प्रबल सम्भावना रहेको स्रोतले बताउँछ ।

    पार्टीमा पुरानो, पहाडी क्षेत्रमा राजधानीको माग भइरहेकाले अहिलेको अस्थायी मुकाम धनगढीलाई नै कायम राख्ने गरी सन्तुलन मिलाउन धेरै स्थानीय र केन्द्रीय नेता उनको पक्षमा खुल्दै गएका छन् ।

    अर्थ मन्त्रालय माओवादीले नै राखेर अर्का आकांक्षी बोहरालाई मन्त्रीमा व्यवस्थापन गर्ने सम्भावना छ । सबै आकांक्षी आफू नै मुख्यमन्त्रीको बलियो र योग्य दाबेदार भएको बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij